Sunday, December 31, 2017

Friday, December 29, 2017

Monday, December 25, 2017

परदेश बाट फर्किएर सरकारी जागिर ? समय मिलाएर अबश्य पढ्नुहोस् ।

एसएलसी पास गरेपछि खोटाङ–१, बितलबका रमेश गेलाल राजधानी छिरे आईकम पढ्न । आर्थिक अभावले पढ्न सहज थिएन । उनले जुक्ति निकाले– पहेंलो कागज किनेर लिफा (खाम) बनाएर स्टेसनरीमा बेच्ने । त्यही खर्चले आईकम सकाए । तर बीबीएस पढ्दा सकस भयो । खामको व्यापार साझेदारीमा चलाए, तर जम्म सकेनन् । आर्थिक दुरवस्थाले च्याप्यो । अनि ऋण खोजेर उनी कतार हानिए, बीबीएस तेस्रो वर्ष पढ्दा पढ्दै । कतारको ५ वर्षे बसाइमा उनले क्लिनरदेखि प्रशासन सहायकसम्मका काम गरे । सप्लाई कम्पनी मार्फत कतारको ठूलो कम्पनी ‘रास ग्यास’ मा काम गर्थे उनी । पछिल्लो अवस्थामा तलब रामै्र भए पनि जति पाउनुपथ्र्यो त्यो मिलेन । कारण थियो– शैक्षिक योग्यता । ‘मेरो पर्फर्मेन्स देखेर कम्पनीले निर्देशक बनाउन
चाह्यो, जसको तलब हुन्थ्यो– मासिक साढे २ लाख रुपैयाँ,’ उनले सुनाए, ‘मेरो ब्याचलर डिग्री नभएपछि रास ग्यासले रिजेक्ट गर्‍यो र भोलिपल्टै राजीनामा दिएर हिँडें ।’
मुलुक फिरेर गेलालले फार्म हाउस चलाउन चाहेका थिए उनले तर साथीहरू नमिलेपछि २ वर्ष साइबर कम्युनिकेसन चलाए । स्नातक तहमा प्राइभेट पढ्न थाले । सँगसँगै सुरु गरे, लोकसेवाको तयारी । बीए दोस्रो वर्ष पढ्दै गर्दा खरिदार (सहायक कम्प्युटर अपरेटर)) मा नाम निस्कियो र पोस्टिङ भए– पशु सेवा विभाग, हरिहर भवन, ललितपुरमा । ‘विदेश जानुअघि र फर्केलगत्तै पनि लोकसेवा के हो भन्ने थाहै थिएन, केवल आफ्नै गाउँमा देखेका सरकारी शिक्षक, प्रहरी र सेनामात्र जान्दथें,’ साढे दुई वर्षअघिदेखि सरकारी सेवामा प्रवेश गरेका ३२ वर्षीय गेलालले भने ‘मामाका छोराहरूले तयारी गर्दै गर्दा थाहा पाएँ र मैले पनि सुरु गरेको हुँ ।’ उनी अहिले एक तह माथिल्लो पद नासुमा नाम निकालेर कोष तथा लेखा नियन्यण कार्यालय, जनकपुर, कम्प्युटर अपरेटरमा कार्यरत छन् ।
साढे २ वर्ष कतारको रोजगारीपछि फर्केका गुल्मीको नयाँगाउँ–५ का ३३ वर्षीय मीनबहादुर घर्ती मगरको मेहनत पनि उस्तै छ । उनी शाखा अधिकृत (लेखा समूह) उत्तीर्ण भएर हाल स्टाफ कलेज, जावलाखेलमा ‘आधारभूत प्रशासनिक प्रशिक्षण’ लिँदै छन् । ३ वर्षअघि निजामतीमा प्रवेश गरेका घर्तीमगर यसअघि रौतहट जिल्ला अदालतमा नासु थिए । भन्छन्, ‘परदेशको दु:ख र विभेद सम्झँदै निजामतीमा भिडेको हुँ, सफल पनि भएँ, अब मेरो जीवनै यसैमा हुन्छ ।’
घर्तीमगरजस्तै स्टाफ कलेजमा ६ महिने प्रशिक्षणमा व्यस्त अर्का शाखा अधिकृत सम्राट थापामगर रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया पुगेका थिए । कमाइकै लागि विदेश पुगे पनि उनको मन त्यता रमेन । ‘कोरियामा लेबर काम गरेर बस्नुभन्दा लोकसेवा फाइट गर्छु भनेर एक वर्षमै फर्किएर आएँ,’ भकुन्डे–६, बागलुङ निवासी २९ वर्षे थापामगरले सुनाए, ‘जोखिम मालेर आएको थिएँ, पहिलोपटकमै सफल भएँ ।’
ओखलढुंगा, सिद्धिचरण नपा–३, गैरीगाउँका दिनेश खत्रीको विदेश यात्रा अलि फरक छ । उनी अस्ट्ेरलिया पुगेका थिए अध्ययनलाई माध्यम बनाउँदै, उद्देश्य भने उही थियो पैसा कमाउने । तर, सोचेजस्तो भएन । ‘पढाइ खर्चिलो र भविष्य पनि सुरक्षित देखिनँ । र, २ वर्ष २ महिनामा फर्किएँ,’ ३२ वर्षे खत्रीले सुनाए, ‘जाँदा ८ लाख खर्च भएको थियो र कलेजको लागि ५ लाख मगाएर कुल १३ लाख रुपैयाँ खर्च गरेंको थिएँ ।’ शंकरदेव क्याम्पसबाट बीबीएस गरेर अस्ट्ेरलिया पुगेका खत्रीले फर्केपछि खरिदारदेखि अधिकृतसम्म लोकसेवा दिन थाले र ०७१ मंसिर १६ मा नासुमा नाम निकाले । सुरुमा महालेखा परीक्षकको कार्यालय, बबरमहल जागिर गरेपछि वैकल्पिकबाट उनी शाखा अधिकृतमा सिफारिस भए । हाल उनी जिल्ला निर्वाचन कार्यालय, खोटाङमा प्रमुख छन् ।
‘विदेशमा के गरिएन ? रेस्टुरेन्ट, कृषि, सुपरमार्केटमा पनि काम गरें, गाडी पनि धोइयो,’ उनले भने, ‘विदेशको चमकधमक र साथीभाइको लहलहैमा लागेर नहुने रहेछ, आफंैले सोचेर गनुपर्छ ।’ तेस्रो मुलुकका गरिब कामदारबीचकै प्रतिस्पर्धा र तत्कालीन अस्ट्ेरलियाको मन्दीले काम घटीघटाउ मूल्यमा गर्नुपर्दाको पीडा सुनाए उनले । ‘काम सामाजिक परिवेश र प्रतिष्ठासँग पनि जोडिँदो रहेछ,’ ३२ वर्षे खत्रीको ठम्माइ छ, ‘अब मेरो निरन्तरता यसै (निजामती) मै हुन्छ ।’
दक्षिण कोरिया लगातार ४ वर्ष ९ महिना रोजगारी गरेर फर्केका थम्मनसिंह गौतम हाल कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्जामा कोष नियन्त्रक छन् । कोरिया जानुअघि साढे सात वर्ष शिक्षण पेसा गरेका उनलाई उतिबेला सरकारी कर्मचारीको चाहना उतिसारो थिएन र ‘पैसा कमाउन’ वैदेशिक रोजगार रोजें । तर एक दिन उनले महसुस गरे– पैसाले मात्र सन्तुष्टि दिँदैन । त्यसपछि उनमा पलायो सरकारी सेवामा प्रवेश गर्ने सोच ।
कोरियाको खटाइ र मेहनतले सरकारी सेवा प्रवेशमा सघाएको बताउँछन् । आरुखर्क–९, स्याङ्जा निवासी ३३ वर्षे गौतम ०७१ मंसिर १६ मा निजामतीमा प्रवेश गरेका हुन् । ‘लगातार करिब ५ वर्ष घरै नफर्किई कोरियामा ३६ घन्टासम्म काम गरें, १६ घन्टासम्म त ३ वर्षसम्म गरियो,’ उनले सुनाए, ‘त्यही मेहनत गर्ने बानीले नै मैले कुनै ट्युसन/कोचिङ नपढी स्वअध्ययनबाटै अधिकृतमा नाम निकालेको हुँ ।’
वैदेशिक रोजगारमा रहँदा लोकसेवा छिर्ने अघिको उमेर हद नाघ्छ भन्दै हतारिएर फर्किने युवा उत्तिकै छन् । त्यस्तै हतार गरेर फिरेका हुन् विनोदकुमार यादव, जसले दुबई (युएई) र बहराइन गरी करिब ४ वर्ष सिनियर इलेक्ट्रिसियन भएर काम गरेका थिए । निजामतीमा प्रवेश गर्न पुरुष ३५ वर्ष र महिला ४० वर्ष नकटेको हुुनुपर्छ । यादवले ३४ वर्षको उमेरमा खरिदारमा लडे र नाम निकालेर सर्वोच्च अदालतमा पोस्टिङ भए । सेवा प्रवेश गरिसकेकालाई उमेर हद नलाग्ने भएकाले उनका लागि माथिल्लो पदको बाटो खुला भयो । बनौटा–३ महोत्तरीका ३६ वर्षीय यादव हाल सडक विभागअन्तर्गत हेभी इक्विपमेन्ट डिभिजनमा ‘सिनियर इलेक्ट्रिसियन (प्राविधिक नासु) मा कार्यरत छन् । ‘पहिलोपटकमै खरिदार भएँ र फेरि लडेर नासु भएको छु,’ इलेक्ट्रिकल डिप्लोमा गरेका यादव भन्छन्, ‘हेरौं अब के कस्तो हुन्छ ?’
महोत्तरी, पडोल–२ का देवनारायण यादव ३ वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि लोकसेवा भिडे । अहिले सिंचाइ विभागमा कम्प्युटर अपरेटर (नासु) मा कार्यरत उनी महालेखा परीक्षको कार्यालय खरिदार (सहायक कम्प्युटर अपरेटर) बाट बढुवा भएका हुन् । ‘अबको योजना मास्टर्स गर्ने र शाखा अधिकृत भिड्ने छ,’ बीएस्सी आईटी गरेका ३६ वर्षीय देवनारायणले भने, ‘साउदीमा ४८ डिग्रीको घाम र लेबर कामसमेत गर्नुपरेको पीडा सम्झेर लागेको छु ।’ साउदीमा कम्प्युटर अपरेटर, टाइम किपिङ, क्लर्क र जे परिआउँछ त्यही काम गरेका थिए उनले । ‘विदेशको जस्तो आम्दनी नभए पनि प्रतिष्ठाको काम र भविष्य सुरक्षित भएकाले ढुक्क छु,’ उनले सुनाए ।
बीएस्सी गरेर ईपीएसबाट कोरिया हानिएका भद्रपुर–९, झापाका रोशन अधिकारी फर्केर लोकसेवा भिडे । अहिले उनी लोक सेवा आयोगकै कार्यालयमा कम्प्युटर अपरेटर (नासु) मा कार्यरत छन् । ‘पहिल्यैदेखि कम्प्युटर फिल्डमा काम गर्ने हुँदा मलाई सजिलो पनि भो,’ ४ वर्ष कोरियामा बिताएका ३० वर्षीय अधिकारीले सुनाए, ‘विदेशमा परिवार छाडेर बस्नुपर्दाको पीडा छँदैछ, यहाँ फर्केपछि के गर्ने भन्ने पीर हुन्छ, अब म ढुक्क छु ।’
निजामती सेवामात्र होइन सरकारी संस्थानमा पनि लागेका युवा पनि थुप्रै छन् । तिनैमध्ये एक हुन्, गुल्मी, दरबारदेवीस्थान– ५, उप्रीकोटका मोहन ज्ञवाली । हाल निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपालगन्ज क्षेत्रीय कार्यालयमा पद खरिदार (कम्प्युटर सहायक) मा कार्यरत उनी साउदी अरबबाट फर्किएका हुन् । ‘मुख्य कुरा अध्ययन नै हो, त्यसैले निस्कियो नाम,’ २८ वर्षे ज्ञवाली भन्छन्, ‘विदेशको आम्दानी हेरेर हुँदैन, स्वदेशकै जागिर धेरै राम्रो ।’ उनलाई जागिर तयारीका क्रममा श्रीमतीको साथ उत्तिकै रह्यो । सँगै तयारी गरे, एकै ठाउँमा नाम निकाले र काम पनि गरे । पछि श्रीमतीले नासुमा निकालिन् ।
दुईपटक युएई (दुबई) गएर करिब ४ वर्ष कुकको काम गरेर फर्केका गुल्मीको बस्तु–१ का सुजन भण्डारी हाल सैनामैना नगरपालिका (रुपन्देही) कार्यालयमा कम्प्युटर अपरेटर छन् । ‘साथीहरूको कोही दुबई, कोही क्यानडा, नेपाल आएर रेस्टुरेन्ट खोलेका छन्, म सरकारी सेवामा लागें,’ भण्डारी भन्छन् । उनकी श्रीमती पनि शिक्षक छिन् । ‘एकजनाको जागिर भए त चित्त बुझाउनुपथ्र्यो, दुईजनाको छ, विदेश जाने सोच्न पनि छाडियो,’ उनले भने ।
मलेसियाबाट फर्केर लोकसेवाको परीक्षा भिडेका
स्याङ्जा, पौवईगौडे–२ रामचन्द्र रेग्मी हाल यातायात कार्यालय, पोखरामा खरिदार छन् । प्रमाणपत्र तह पढ्दापढ्दै मलेसिया हानिएका रेग्मीले फर्किएर फेरि प्लस टु गरे । बीए तेस्रो वर्षमा अध्ययनरत उनी ०६७ चैत १ देखि निजामतीमा प्रवेश गरेका हुन् । ४ वर्ष गोरखाको धावा र ताङ्द्राङमा गाविस सचिवको काम गरेपछि उनी पोखरा पुगेका हुन् । ‘विदेशमा अर्काको अन्डरमा काम गर्न मन लागेन र स्वदेश आएर तयारी गरेको हुँ,’ उनले भने, ‘विदेशमा जति कमाए पनि उस्तै हुने, यतैको कमाइ र बसाइ नै ठीक छ मलाई ।’
विदेशबाट फर्केर को कति कुन सेवामा लागेका छन्, यकिन छैन । निजामतीमा यो संख्या बिस्तारै बढ्न थालेको लोकसेवा आयोगका अधिकारीको अनुभव छ । ‘अन्तर्वार्ताका क्रममा मैले नै ८/१० जना पुरुष र २ जना महिला वैदेशिक रोजगारीबाट फर्केर आएको भेटकी छु,’ आयोगकी सहायक प्रवक्ता गीताकुमारी होमेगाई भन्छिन्, ‘महिलाहरू सिफारिस भए/भएनन् थाहा भएन, विदेशबाट फर्केर लोकसेवामा भिड्नेहरूको क्रम भने बढ्दै गएको छ ।’
Source: Radio Gurkhali

Tuesday, December 19, 2017

मेरो माइक्रोफाइनान्स द्वारा देशैभरीबाट बिभिन्न पदमा कर्मचारी माग

Job vacancy in Mero Microfinance for many post

Mero Microfinance Bittiya Sanstha Ltd. (MERO MICROFINANCE) is joint initiative of 10 institutions (8 commercial banks and 2 development banks). MERO MICROFINANCE has been incorporated under Company Act, 2063 and registered as a 'D' class national level financial institution with the Nepal Rastra Bank under BAFI Act, 2063 (2006) on 30 Asadh, 2070 (14 July, 2013).
MERO MICROFINANCE received operating license from Nepal Rastra Bank on 14th July 2013 and started formal microfinance operation from June 18 July, 2013 from its first branch office Battar located in Nuwakot district. The authorized capital of MERO MICROFINANCE is NRs. 400 million, issued capital is NRs. 220 million and paid up capital is 220 million. The initial share distribution is paid-up Capital 220 million (Promoters 69.4 % , General Public 30.6 %)

view advertisement 

Monday, December 18, 2017

दोश्रो विश्वयुद्ध, १७ बुंदामा सम्पूर्ण जानकारी

-    प्रथम विश्व युद्ध समाप्त भएको २० बर्ष पछि दोस्रो विश्व युद्ध सुरुभएको थियो ।
-    प्रथम विश्वयुद्धको अन्त्यमा जर्मनीसँग गरिएको भर्साइल्सको सन्धि नै दोस्रो विश्व युद्धको कारण बन्यो ।
-    दोस्रो विश्वयुद्धको प्रारम्भ सेप्टेम्बर १ १९३९ मा जर्मनीले पोल्याण्ड माथि आक्रमण गरी भएको थियो । त्यसपछि सेप्टेम्बर ३ मा व्रिटेनल् जर्मनी माथि आक्रमण गरेको थियो । तत्कालीन अवस्थामा इटालीको शासन मुसोलिनी र जर्मनको शासक हिटलर थिए ।
-    जापानको हिरोसिमामा अगष्ट ६ १९४५ मा (Little Boy नामक अणु बम खसालिएको) र नागासाकीमा अगष्ट ९१९४५ मा (Fat Man नामक अणु बम खसालिएको)अमेरीकाले आक्रमण गरेको थियो ।
-    दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिकको मृत्यु भएको थियो । युद्धमा सर्वसाधरण नागरिक करिव १ करोडको निधन भएको थियो ।
-    युद्धमा करिव ११९३ अर्व डलर खर्च भएको थियो ।

-    जापानको हिरोसिमा र नागासाकीमा गरी करिब १ लाख ६० हजारको ज्यान गएको थियो ।
-    दोस्रो विश्वयुद्धमा फ्रान्सपोल्याण्डचेकयुगोस्लाभियारुमानिया गुटलाई मित्र शक्ति (Allies Power)  र यसमा पछि अमेरीका र रुस सामेल भएका थिए ।
-    जर्मनीइटालीजापानरुस गरी धुरी शक्ति (Axis Power) गठन भयो । पछि रुस  मित्र शक्ति (Allies Power) गुटमा सामेल भयो ।
-    दोस्रो विश्वयुद्धमा नेपालका प्रधानमन्त्री जुद्धशमशेर थिए । उनले बेलायतको सहयोगको लागि ८ हजारको १२ वटा टिम गरी १ लाख जति नयाँ रंगरुट भर्ना गरी युद्धमा पठाएका थिए ।
-    सन् १९३३ मा हिटलर जर्मनको चान्सर भएका थिए । उनी सन् १९३४ मा चान्सर र राष्ट्रपतति दुबै बने ।
-    सन् १९३१ मा जापानले मन्चुरियामाथि आक्रमण गरेको थियो ।
-    सन् १९४३ सेप्टेम्बर ड मा इटलीले आत्मसमर्पण गर्‍यो।
-    सन् १९४२ मे ठ मा जर्मनीले आत्मसमर्पण गर्‍यो।

-    अगस्त १४ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।
-    यस युद्धको समाप्ति पश्चात एसियामा चीन मंगोलिया भियतनाम उत्तरकोरीया साम्यवादी शासन व्यवस्था स्थापित भयो ।

-    युद्धको समाप्ती पश्चात अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघको स्थापना अक्टोबर २४ १९४५ मा भयो । 

Sunday, December 17, 2017

नेपालको भुगोल ईतिहास : अत्यन्तै महत्वपूर्ण जानकारी

नेपाल दक्षिण एसियाको मध्य हिमालयमा पर्ने देश हो। यो देशको भौगर्भिक बनावट अन्य सामान्य मुलुकहरूको भन्दा अलग किसिमको छ। नेपालको भौगर्भिक बनोट जान्नु अघि हिमालयको उत्पत्तिको बारेमा जान्नु आवश्यक हुन्छ। हिमालयको उत्पत्ति मोड अर्थात् Fold बाट भएको मानिन्छ। यो सिद्धान्त प्लेट टेक्टोनिक Plate Tectonic Theoryसिद्धान्तमा आधारित भएको भूगर्भविदहरूले पुष्टि गरिसकेका छन्। नेपालको भौगर्भिक बनावट नेपालको भौगर्भिक बनोटबारे चर्चा गर्नुअघि सिङ्गो हिमालय क्षेत्रको भौगर्भिक बनोटको बारेमा वर्णन गर्न आवश्यक छ। किनभने हाम्रो देश नेपाल हिमालय क्षेत्रको एक अंश हो।
आजभन्दा करिब चार करोड पचास लाख वर्ष पहिले युरेशियन प्लेट र भारतीय प्लेट एक आपसमा ठक्कर खाई हिमालयको जन्म भएको थियो। यी दुवै प्लेटहरूबीच रहेको तेथीस महासागर हिमालय बन्ने क्रममा विलय भएको थियो। दक्षिणतिर अवस्थित भारतीय प्लेट उत्तरतिर गतिशील भई एशियन प्लेटसँग ठक्कर खाएपश्चात भारतीय प्लेट एशियन प्लेटभित्र घुस्न वा छिर्न शुरू भयो। यो काम आज पनि २ सेन्टिमीटर प्रतिवर्षको दरले उत्तरतिर सर्ने र छिर्ने प्रक्रिया यथावत छ। भारतीय प्लेट एशियन प्लेटभित्र छिर्न थालेपछि भारतीय प्लेटको भूपटल (Crust)मा ठूला–ठूला दरारहरू वा चिराहरू (Fault) जस्तै Main Frontal Thrust -MFT), Main Boundary Thrust (MBT), Main Central Thrust-MCT) र South Tibetan Detachment System (STDS)बनेका छन्। यी चिराहरूमध्ये सबैभन्दा कम उमेरको चिरा ज्ँत् हुन् जो सबैभन्दा दक्षिणमा पर्दछ। र यो चिरा दशलाख वर्ष पहिले मात्र बनेको थियो। यी चिराहरूले सिंगोहिमालयलाई क्रमशः दक्षिणबाट उत्तरतिर विभिन्न हिमालयहरूमा विभाजन गरेको छ। उदाहरण :
Tibetan-Tethys Himalaya North
Higher Himalayan Crystallines
Lesser Himalaya
Churia or Siwaliks
Indo-Gangetic Plain(Terai) South
त्यसैगरी करिब २४०० कि.मी. लामो हिमालयलाई पश्चिमबाट पूर्वतिर क्रमशः पञ्जाब हिमालय, कुमाउ हिमालय, नेपाल हिमालय, सिक्किम-भुटान हिमालय र
नर्थ-इस्ट फ्रन्ट्रियर एजेन्सीमा विभाजन गरिएको छ। नेपाल हिमालयको लम्बाई ८०० कि.मी. छ। यी सबै हिमालयहरूको एकै किसिमको भौगर्भिक बनोट छ।
नेपाल हिमालयमा दक्षिणबाट उत्तरतिर क्रमशः Terai, Siwaliks, Lesser Himalaya, Higher Himalayan Crystallines र Tibetan Tethys Himalayaछन्। नदीहरूले साना–साना सेडिमेन्टसलाई पहाडबाट बगाएर लगी तराई क्षेत्रमा थुपारेका छन्। केहीलाख वर्षपछि यी सेडिमेन्टसहरू पनि पत्रे चट्टानमा परिवर्त्तन हुनेछ। चुरिया मुख्यगरी पत्रे चट्टानहरूले बनेका छन्।shale, Sandstone, Conglomerateजस्ता पत्रे चट्टानहरूमा Gastropoda र पातका जीवाशेषहरू पनि पाइएका छन्, यी चट्टानहरू आजभन्दा १ करोड ८० लाख वर्षपहिलेदेखि बन्न शुरू गरेका हुन् र सबैभन्दा कम उमेरको चट्टानहरू १० लाख वर्षसम्मको पाइएको छ। Lesser Himalaya शुरू हुनासाथ तुरून्तै उचाइ बढेर गएको पाइन्छ। यो Lesserहिमालय पत्रे चट्टानहरू जस्तै : limestone, Dolomites र परिवर्त्तित चट्टानहरू जस्तैः Slate, Phyllite, Schist, Quartzite, Amphibolite, : Marble, Augen gneissले बनेका छन्। यी चट्टानहरू ४ अरबदेखि २ करोड ४० लाखवर्षसम्म उमेरको पाइएको छ। साथै एककरोड ७० लाखवर्ष पुरानो जीवाशेषहरू पनि पाइएको छ। परिवर्तित चट्टानहरू बन्ने क्रममा ५००देखि ८०० मेघा पास्कलसम्म दवाब र ४५०० से.देखि ५५०० से.सम्म तापक्रम भएको अनुसन्धानबाट थाहा भएको छ। त्यसैगरी Higher Himalayan Crystallines अन्य हिमालयहरू Lesser Himalaya र Tibetan - Tethys Himalaya भन्दा बढी दबाव -६५० देखि ८६५ मेघा पास्काल) र तापक्रम -५५ देखि देखि ६००० बाट) परिवर्त्तित चट्टानहरूले बनेका छन्। यी चट्टानहरूः Gneiss, Quartzite, Marble, Schist आदि हुन्। यी चट्टानहरू ४ अरबदेखि ५७ करोडवर्षसम्म उमेरका भएको अध्ययन-अनुसन्धानबाट पत्ता लागेको छ। Tibetan – Tethys Himalayaमा पत्रे र कम दवाब र तापक्रम भएको परिवर्त्तित चट्टानहरू पाइएका छन्। shale, limestone, Sandstone पत्रे चट्टानहरू हुन् भने Phyllite, metasandstone, schist परिवर्तित चट्टानहरू हुन्। यस हिमालयमा Brachiopods, Graptolites, Echinoderms, ammonites, Belemnites आदि विभिन्न जीवाशेष पाइन्छन्, किनकि यो हिमालय तेथिस महासागरको sedimentsबाट बनेको हुनाले महासागरमा भएको जीवित प्राणीहरू रहेको प्रमाण जीवाशेषले बताउँछ। यो चट्टानहरूको उमेर ५७ करोडवर्षदेखि
६ करोड ५० लाख वर्षसम्म भएको पाइएको छ। परिवर्तित चट्टानहरूमा दबाव ३०० मेघा पास्कलसम्म र तापक्रम ३७० देखि ५००० से.सम्म पाइएको छ। यी चट्टानहरूबाहेक आग्नेय चट्टान (ग्रेनाइट) पनि हिमालय क्षेत्रमा पाइन्छन्। तीन किसिमका उमेर भएका ग्रेनाइटहरू पाइएका छन्।
१. करिब दुई अरब वर्ष पुरानो,
२. करिब पचास करोड पुरानो र
३. करिब दुई करोड पचास लाख वर्ष पुरानो।
By: Wikipedia

सफलताका लागि महात्मा गान्धीका १० फर्मुला

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)ले अहिंसात्मक आन्दोलनबाट भारतलाई ब्रिटिस राज्यको दबदबाबाट स्वतन्त्र बनाए । जब उनले भारतीय जनतालाई ब्रिटिसको क्रूर शासनबाट स्वतन्त्र बनाए, तब उनको नाम विश्वभरि फैलियो ।

 गान्धीलाई शान्तिको दूतका रूपमा पनि लिइन्छ । त्यसैले आदर्शवादी गान्धीबाट आजका मानिसले पनि धेरै कुरा सिक्न सक्छन् । यहाँ चर्चा गरिएको छ, उनका १० वाणीको, जुन सुन्दा सामान्य लाग्न सक्छ, तर यही कुरालाई अवलम्बन गर्दा मानिसको जीवनमा कायापलट आउन सक्छ :
हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ
महात्मा गान्धीले भनेका छन् कि हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ । हामीले तय गरेको लक्ष्य पुग्नुपूर्व नै असफलताबारे सोच्न थाल्यौँ भने साँच्चिकै हामी असफल नै हुन्छौँ । हामीसँग सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन् । तर, हामीले नकारात्मक विचारलाई मनबाट हटाएर सकारात्मकलाई मात्र राख्न जरुरी हुन्छ ।
कहिल्यै पनि हार नमान्नु
भारतलाई स्वतन्त्र बनाउने दौरानमा गान्धीले कैयौँपटक जेलजीवन भोग्नुपर्‍यो । तर, उनले कहिल्यै पनि हार मानेनन् । लगातार स्वतन्त्र भारतको पक्षमा संघर्ष गरिरहे । उसै गरी हामी पनि लक्ष्यप्राप्तिका लागि संघर्ष गर्न थाक्नु हुँदैन ।
केलाई प्राथमिकता दिने ?
हरेक मान्छेले एउटा योजना र लक्ष्य बनाएको हुन्छ । तर, कहिलेकाहीँ मानिस लक्ष्यमै हराउन पुग्छ । किनभने, लक्ष्यको प्राथमिकतामा हामी चुकेका हुन्छौँ । त्यसैले हामीले हाम्रो प्राथमिकताबारे सोचेर अगाडि बढ्नुपर्दछ । हामीले अन्य विषयलाई भन्दा लक्ष्यलाई नै प्राथमिकता दिएर अगाडि बढ्नुपर्दछ ।
लक्ष्यको बाटो पनि लक्ष्यजस्तै सुन्दर हुन्छ
गान्धी एक नैतिकवान् मानिस थिए । उनले स्वतन्त्र भारतको आन्दोलनमा कहिल्यै पनि यस्तो कदम उठाएनन् कि जसले उनको अन्तरआत्मामा ठेस पुगोस् । त्यसैले त उनले भारतलाई ब्रिटिस शासनबाट मुक्त गर्नका लागि हिंसाको सहारा लिएनन् । त्यसरी नै हामीले पनि लक्ष्य प्राप्तिका लागि नैतिक बाटोलाई अवलम्बन गर्नुपर्दछ ।
कस्तो कुरामा सहमति ? 
कतिपय मानिसले अरूलाई नचिढ्याउनका निम्ति नकारात्मक कुरामा पनि सहमति जानाएका हुन्छन् । यस्तो आचरणले मन नपर्दानपर्दै पनि विभिन्न काम गरिरहेका हुन्छन् । गान्धी भन्छन् कि अरूलाई खुसी बनाउनका निम्ति कहिल्यै पनि नकारात्मक कुरामा सहमति जनाउनु हुँदैन । यदि यसो गरिएन भने मानिसमा आक्रोश र कुण्ठा भरिँदै जान्छ ।
अन्तरआत्माको आवाज
हामी पूरै जिन्दगीभर शान्ति प्राप्तिका लागि दौडिरहेका हुन्छौँ । तर, कसरी शान्ति प्राप्त हुन्छ भन्ने कुरामा भने त्यति ध्यान दिँदैनौँ । अरूका कुरा सुनेर निर्णय लिन्छौँ । यदि आफूमा शान्ति छाओस् भन्ने कामना गर्छौं भने अन्तरआत्माको आवाज सुन्न पनि जरुरी हुन्छ ।
सदभावले खुसी
आजको युगमा खुसी र सद्भाव दुर्लभ बन्दै गएको छ । तर, गान्धीले सधैँ भन्ने गर्थे कि सद्भावको विचारले साँच्चिकै हामीलाई खुसी दिलाउँछ ।
माफ गर्ने
मानिसले कसैलाई माफ गर्न जान्दैन, या कसैलाई माफ गर्नु भनेको कमजोर हुनु हो भन्ने ठान्छ । गान्धीले भनेका छन् कि माफ दिने मानिस नै महान् हो । अरूलाई माफी दिनुलाई उनले सफलताको निशानी ठानेका छन् । अरूलाई माफ गरेपछि स्वयं शान्तिपूर्वक बाँच्न सक्छ ।
शारीरिक कि मानसिक शक्ति ठूलो ?
बलियो शरीरभन्दा दिमागको शक्ति महत्वपूर्ण हुन्छ । गान्धी शारीरिक रूपमा बलिया थिएनन् । तर, उनको मानसिक र इच्छाशक्तिले ब्रिटिस राज्यलाई घुँडा टेक्न बाध्य बनाए ।
पहिला आफूलाई बदल्नुस्
गान्धीले भनेका छन् कि अरूको नकारात्मक प्रवृत्ति हामी निकै छिटो देख्छौँ । तर, आफ्नो बारेमा ख्याल नै राख्दैनौँ । उनका अनुसार सबै व्यक्ति अद्भूत र सुन्दर हुन्छन् । त्यसैले हामीले अरूलाई मद्दत गर्न जान्नुपर्दछ । हामी अरूलाई मद्दत गर्छौं भने हामीलाई पनि अरूले मद्दत गर्न थाल्छन् । त्यसैले, सबैमा प्रेम र दयाको भावना हुन जरुरी छ । यस्तो भावनाले जीवनमा अद्भूत परिवर्तन आउन थाल्छ ।
नयाँ पत्रिकाबाट

Saturday, December 16, 2017

लोकसेवा आयोग खरिदार परिक्षा २०७३ मा सोधिएका प्रश्न र तिनका उत्तरहरु ।

१) साफ्टा मा कहिले हस्ताक्षर भयो ? – २००४ जनवरी ६

२) जोडा मिलानमा कुन बेठिक छ ?

नेपाल स्काउट स्थापना – वि.स २००८
नेपालमा विफरमुक्त घोषणा – वि.स २०३४
नेपालको प्रथम बजेट – वि.स २००८
-नेपाल स्काउट 2009

३) म्यानमारका नागरिक जो संयुक्त राष्ट्रसंघका महासचिव बने, नेपालको लुम्बिनि भ्रमण गरे । लुम्बिनी गुरुयोजना बनाई लागू गर्न पहल गरे । ती महान व्यक्ति को हुन् 
? – उथान्त

४) नेपालमा सर्वप्रथम टिस्यु कल्चर प्रयोगशाला स्थापना कहा भएको हो ?
– गोदावरी

५) तल दिइएका शब्दलाई क्रम मिलाउनुहोस ।
१) जंगल
२) रुख
३) कटान
४) कारखाना
५) फर्निचर

६) जिका भाइरस कुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ? – एडिस

७) विद्यादेवी भण्डारी कहिले नेपालको राष्ट्रपति निर्वाचित हुनुभएको हो ?
–२०७२ कात्तिक ११

८) नेपालको वर्तमान संविधानमा स्वतन्त्रताको हक र सम्पत्तिको हक कुन धारामा उल्लेख छ ?
– धारा १७ र २५

९) गैर आवासिय नेपाली संघका सम्बन्धमा निम्न कथनहरु ठिक÷बेठिक के हुन् ?
यस संघको पहिलो अध्यक्ष देवमान हिराचन हुन् ।
(बेठिक)

यसको छैठौ अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौमा सम्पन्न भएको थियो ? (ठिक)

१०) देहाएको मध्य कुन मरुभुमि ठूलो हो ? –काराकोरम

११) सबैभन्दा बढी भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ? – यूरोप

१२) निम्न कथनहरुको ठिक÷बेठिक
छुट्याउनुहोस ?

महाकाली अञ्चलको क्षेत्रफल डोल्पा जिल्लाको भन्दा सानो छ ।
कर्णाली अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कालिकोट हो । – दुवै ठिक

१३) निजामति सेवामा व्यवस्थापन परिक्षणको सुरुवात कहिले भयो ? – वि.स २०५५

१४) ठिक÷बेठिक छुट्याउनुहोस् ?
नेपालको शान्ति क्षेत्रको प्रस्तावमा अमेरिकाले सोहि दिन समर्थन जनाएको हो ?(वेठिक)
धनगढी–डडेलधुरा सडक अमेरिकाको सहयोगमा निर्माण भएको हो ?(ठिक)
नेपालको राजदुतवास अमेरिकाको वासिङटन डि.सी मा छ ।(ठिक)

१५) जोडा मिलाउनुहोस् ।
राउटे – भोट बर्मेली
झागड – द्रविड
थकाली – उन्नत
देउनिया – राजवंशी

१६) कुन बिषय/ मुद्धा गाॅउ विकास समिति को अधिकार क्षेत्र भित्र पर्दैन ?
– १) चरन २) वाली अर्मल ३) गोवध ४) पानीघाट प्रयोग
-cow Killing[गोवध]

१७) पशुपतिनाथका प्रथम पुजारी को हुन् ? –स्वामी शेखरानन्द

१८) बंशाणुगत विविधतालाई केले पहिचान गराउदछ ?
–कुनै पनि होइन

१९) जोडा मिलाउनुहोस् ।
वेरीवेरी – भिटामिन बी १
स्कर्भी – भिटामिन सी
रिकेट्स – भिटामिन डी
रतन्धो – भिटामिन ए

२०) आइरनको कमिले लाग्ने रोग कुन हो ? –रक्तअल्पता

२१) ३२ औ ओलम्पिक खेलकुद कुन देशले आयोजना गर्दैछ ।
– जापान

२२) कुन ठिक छ ।
बहुमुल्य यार्सागुम्बा नेपालको सबै ठाउमा पाइन्छ ।(वेठिक)
यार्सागुम्बाको वैज्ञानिका नाम कर्डिसेप्स हो ।(ठिक)
आजकल यार्सागुम्बालाई नेपालको जीउदो सुन भन्ने गरिन्छ ।(ठिक)

२३) निम्नलिखित कथनबाट एउटा अवधारणा स्पष्ट हुन्छ । सही विकल्प पहिचान गर्नुहोस् ।
१) संविधान देशको मुल कानुन हो ।
२) कानुनको नजरमा सबै समान हुन्छन् ।
३) कानुनको प्रयोगमा भेदभाव हुदैन ।
४) कानुनभन्दा माथि कोहि हुदैन ।
– विधिको शासन

२४) बाह्रमासे नाच कुन समुदायका हो ? – थारु

२५) नेपालमा निजि वनजंगल राष्ट्रियकरण ऐन कहिले जारी भएको हो ? – वि.स २०१३

२६) नेपालको पहिलो विकेन्द्रीकरण ऐन कहिले जारी भएको हो ? – वि.स २०३९

२७) तलको सम्बन्धमा कुन सहि छ ।
१) कान्तिपुरको स्थापना लक्ष्मीकामदेवले गरेका हुन् ।(ठिक)
२) कैलाशकुट भवन मानदेवले बनाएका हुन् ।(वेठिक)
३) परण पुरण नामक मुद्रा जयस्थिति मल्लले चलाएका हुन् ।(वेठिक)
४) कलहाभिमानी पद्वी धारण गर्ने राजा अंशुवर्मा हुन ।(ठिक)

२८) सन् २०१६ भारतको कोलकत्तामा सम्पन्न टी–२० विश्वकप सम्बन्धमा कुन ठिक छ ।
१) अन्तिम खेल भारत र वेष्ट इण्डिज बिच भएको थियो । (बेठिक)
२) बिजेता राष्ट्र वेष्ट इण्डिज थियो । (ठिक)

२९) विश्व हुलाक दिवस कहिले मनाइन्छ । –अक्टोवर ९

३०) नेपालको संविधान सम्बन्धमा निम्नलिखित मध्ये कुन ठिक छ ।
१) नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको हो । (ठिक)
२) संविधानमा ३४ भाग र ३०९ धारा छन । (बेठिक)
३) नेपालको नागरिक मात्र नेपालको राष्ट्रपति हुनेछ । (ठिक)
४) नेपालको संविधान न्यायपालिकाले संशोधन गर्न सक्छ । (बेठिक)

३१) जोडा मिलाउनुहोस ।
१) विश्वेश्वर प्रसाद कोइराला – दोषी चश्मा
२) पुष्कर शमशेर राणा – गुनकेशरी
३) भवानी भिक्षु – गम्की
४) धुस्वाँ स्वामी – परिवन्द

३२) माइ लेन्ड माइ पिपुल का लेखक – दलाइ लामा

३३) राष्ट्रिय जनगणना २०६८ अनुसार कुन ठिक छ ।
१) परिवारिक आकार सबैभन्दा बढी भएको जिल्ला रौतहट हो । (ठिक)
२) सबैभन्दा कम जनसंख्या भएको जिल्ला डोल्पा हो । (बेठिक)

३४) अक्षाश र तापक्रमको सम्बन्ध कस्तो हुन्छ ?
१) अक्षाश बढ्दा तापक्रम बढ्छ ।
२) अक्षाश घट्दा तापक्रम घट्छ ।
३) अक्षाश बढ्दा तापक्रम घट्छ ।
४) अक्षाश घट्दा तापक्रम बढ्छ ।
-३ र ४ ठिक

३५) सहि भनाइ छान्नुहोस ।
१) सूर्यग्रहण लाग्दा सूर्यको पूर्वी भाग पहिले ढाकिन्छ ।(वेठिक)
२) चन्द्रग्रहण पूर्णीमाको दिन मात्र लाग्छ ।(ठिक)
३) चन्द्रग्रहण वर्षमा १ पटक लाग्दछ । (वेठिक)

३६) सर्च गर्न प्रयोग प्रयोग नहुने वेब ब्राउजर ? –विन्डो एक्सप्लोरर

Thursday, December 14, 2017

लोकसेवाको तयारीका निकै महत्वपूर्ण नयाँ टिप्सहरु


Loksewa tayari tips : Loksewa samagri

लोकसेवा भनेको लक (भाग्य) र घोक (कण्ठ गर्ने) सेवा हो भन्ने भनाइ प्रचलित नै छ। जसले घोक्न सक्यो र जसलाई भाग्यले साथदियो उसैले लोकसेवामा नाम निकाल्न सक्छ। हुनत: भाग्य भन्ने कुरा अमूर्त हुन्छ तर कण्ठस्थ पार्ने कुरा भने लोकसेवाको परीक्षामा धेरै हदसम्म अपरिहार्य नै मानिन्छ। यद्यपि घोक र लकको संयोजन हुँदैमा नाम निस्किहाल्छ भन्ने पनि छैन। कतिपय अवस्थामा घोकेको कुरा भन्दा मौलिक ज्ञानको आवश्यकता हुन्छ। लोकसेवाको परीक्षामा हरेक पदमा केही त्यस्ता प्रश्न हुन्छन् जसले मौलिक उत्तर खोज्छन्। त्यस्ता प्रश्नको सही र सटीक उत्तर त्यसले मात्र दिन सक्छ जसले किताबी ज्ञानका साथै अन्य बाह्य ज्ञान पनि सँगालेको छ। मौलिक लेखाइ, विषयको गहिराइसम्म पुग्नसक्ने क्षमता, भाषिक शुद्धता, उत्तरको संरचनाजस्ता कुरा लोकसेवाको परीक्षामा उत्तीर्ण हुने पूर्वसर्त हुन्। त्यसैले किताब हुबहु घोक्दैमा उत्तीर्ण भइन्छ भन्ने छैन। संविधान तथा ऐन कानुनका प्रावधान, विज्ञका परिभाषा तथा भनाइ आदिलाई भने सकेसम्म घोकेरै हुबहू उतार्नु राम्रो हुन्छ। विषयवस्तु अध्ययन गर्दा बुझ्दै घोक्नु पर्छ। अर्थ नबुझी घोकेको कुरा छिटो बिर्सने मात्र होइन, त्यसलाई सामयिक रूपमा प्रस्तुत गर्न पनि सकिँदैन। बजारमा धेरै थरी लेखकका धेरै थरीका पुस्तक उपलब्ध छन्।
 

कतिपय पुस्तकमा एउटै विषयका फरक-फरक तथ्य तथा तथ्यांक भेटिन्छ। यस्तोमा कुन सही? भन्ने कुरामा द्विविधा हुन सक्छ। त्यसैले एउटै पुस्तकमा मात्र आधारित नभै एउटै विषयका दुई- तीनवटा पुस्तक संकलन गरी अध्ययन गर्नुपर्छ। अध्ययनका क्रममा टिपोट पनि गर्नुपर्छ। दुई- तीनवटा पुस्तक अध्ययन गरी नोट बनाउँदा धेरै कुरा समेटिन्छ र
परीक्षाका बेला उक्त नोट अध्ययन गर्नु निकै लाभदायक सिद्ध हुन्छ। परीक्षाका बेला सबै पुस्तक पढ्न असम्भव मात्र होइन, व्यावहारिक पनि हुँदैन। आफैंले तयार पारेको, विरोधाभाष नहुने, विभिन्न पुस्तक तथा अन्य सामग्री अध्ययन गरी बनाइएको नोट पढ्दा स्मरण गर्न सजिलो हुनुका साथै परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्न पनि सहज हुन्छ भने उत्तर पनि बढी गहकिलो बन्छ। त्यसैले लोकसेवाको परीक्षाका लागि तयारी गर्दा किताब घोक्नुको साटो नोट बनाएर पढ्नु आवश्यक हुन्छ। वस्तुगत प्रश्नको तयारीका लागि पाठ्यपुस्तक पढ्नु मात्र पर्याप्त हुँदैन। त्यसका लागि बजारमा निस्कने विभिन्न सूचना तथा समाचारमूलक अझ लोकसेवाकै परीक्षालाई केन्दिरत गरेर प्रकाशन गरिएका पुस्तक तथा पत्र-पत्रिकाहरू नियमित अध्ययन गर्नु राम्रो हुन्छ। त्यसका साथै नियमित रूपमा पत्रिका पढ्नु तथा समाचार सुन्नुका साथै महत्वपूर्ण घटनाक्रमको टिपोट डायरी बनाउनुपर्छ। लोकसेवाआयोग, सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजनाआयोग तथा अन्य सरकारी निकायका वेबसाइट नियमित रूपमा हेर्नुपर्छ। ती वेबसाइटमा राखिने सूचना, विभिन्न प्रतिवेदन एवं निजामती सेवा तथा प्रशासन र कर्मचारी तन्त्र, आर्थिक विषय, वातावरण आदि विषयका लेखरचना समावेश गरिएका प्रकाशनहरू डाउनलोड गरी नि:शुल्क पढ्न पाइन्छ। यस्ता लेखरचना स्तरीय हुनुका साथै सामयिक तथा अप टु डेट हुने भएकाले त्यसले पाठ्यपुस्तकमा समेटिन नसकेका विषयमा जानकारी प्रदान गर्नुका साथै थप ज्ञान हासिल गर्न सहयोग पुर्याउँछन्।

 लोकसेवा आयोगका नयाँ पाठ्यक्रममा बौद्धिक परीक्षणका प्रश्न (आईक्यू) लाई निकै महत्व दिइएको छ रसफलता हात पार्न आईक्यू प्रश्नहरू धेरै हदसम्म निर्णायक बन्ने गरेका छन्। आईक्यूमा आफूलाई अब्बल साबित गर्न घोकाइभन्दा अभ्यास बढी महत्वपूर्ण हुन्छ। कतिपय आईक्यूलाई निश्चित नियम तथा सूत्र प्रयोग गरी हल गर्नुपर्ने हुन्छ भने कतिपयमा तर्क लगाउनुपर्ने हुन्छ। त्यसैले आईक्यूको अभ्यास गर्दा त्यस्ता हरेक प्रकारका प्रश्न हल गर्ने प्रयास गर्नुपर्छ र सूत्र तथा नियमहरू सम्झना गर्नुपर्छ। बौद्धिक परीक्षणका प्रश्नहरूको प्रकार र ती प्रश्न हल गर्ने विधिको सूची बनाउनुपर्छ। खरिदार परीक्षामा गणित र विज्ञान विषय पनि समावेश भएकाले त्यसको तयारीका लागि खरिदारको पाठ्यपुस्तक पढ्नु मात्र पर्याप्त
हुँदैन। विद्यालयच तहको कक्षा ९ र १० को गणित र विज्ञान विषयको पाठ्यपुस्तकसमेत गहन रूपमा अध्ययन गर्नुपर्ने हुन्छ। विज्ञानमा धेरै विषय कण्ठ गर्ने खालका हुने भए पनि गणितमा भने पर्याप्त अभ्यासको खाँचो हुन्छ। त्यसमा निश्चित
अंकगणीतिय सूत्र तथा नियमहरू घोक्नैपर्ने हुन्छ। सामान्य ज्ञान निकै बृहत् तथा जटिलसमेत हुने भएकाले कुनै एउटा पुस्तकको अध्ययन मात्र पर्याप्त हुँदैन। नयाँभन्दा नयाँ तथा समसामयिक र बहुआयामिक जानकारी प्राप्त गर्न विभिन्न पुस्तक, पत्रपत्रिका तथा सञ्चारमाध्यमका सामग्रीहरू अध्ययन गर्नुका साथै वेबसाइटहरू हेर्नुपर्छ। हिजोआज लोकसेवा तयारीका लागि भन्दै विभिन्न अनलाइन साइट पनि निर्माण भएका छन्। विभिन्न नामका वेबसाइट, ब्लग तथा सामाजिक सञ्जालमा फेसबुक पेजहरूसमेत लोकसेवा तयारी गर्नेहरूका लागि लक्षित गर्दै खोलिएका छन्। त्यस्ता साइटमा उपलब्ध हुने सामग्रीहरू नवीनतम हुने तथा सहज रूपमा नि:शुल्क अध्ययन गर्न पाइने हुँदा लोकसेवा तयारीका लागि निकै उपयुक्त सावित हुनसक्छन्। कतिपय साइटमा त अनलाइनबाटै लोकसेवाको विषयगत तथा वस्तुगत अभ्यास गर्न सकिने र पृष्ठपोषणसमेत प्राप्त हुने व्यवस्था छ। लोकसेवाको तयारीसम्बन्धी विभिन्न फेसबुक पेजमा लाइक गर्ने हो भने मात्र पनि केही हदसम्म लोकसेवा तयारी गर्न सकिन्छ। यद्यपि यस्ता साइटमा राखिने कतिपय सामग्री तथा तथ्यांक आधिकारिक नहुन सक्छन्। ज्ञान भन्ने कुरा सबैलाई चाहिन्छ ।

----- लोकसेवा तयारी गर्ने तपाईंहरु का लागि यो ब्लग समर्पित छ । हाम्रो ब्लगमा आएर पढिदिनुभेकोमा तपाईंलाई हृदय देखी नै धन्यवाद छ । 
Like तथा Share गर्न नभुल्नु होला !!

Tuesday, December 12, 2017

लोकसेवाले माग्यो ३९० शाखा अधिकृत

Loksewa le magyo 390 sakha adhikrit/ loksewa sakha adhikrit vacancy


लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो ।

व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी-जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी-जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।


आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।
अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा-छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ । (onlinekhabar)

विश्वसामु नेपालको स्थान : कुन कुन चिज मा नेपाल कतिऔ स्थानमा ?

Nepal in World


#. जलस्रोत ---> २ (दोस्रो)
#. क्षेत्रफल ----> ९३ औँ
#. जनसंख्या ---> ४१ औँ
#. नेपाली भाषा---> ३६ औँ
#. अलैंची उत्पादन---> १ (पहिलो)
#. जैविक विविधता---> २५ औँ
#. बाढीपहिरो, विपद जोखिम---> ३० औँ
#. हावापानीको जोखिम ---> ४(चौथो)
#. फुल फुल्ने विरुवा ---> २७ औँ
#. भुकम्पिय जोखिम ---> ११ औँ
#. धान उत्पादन ---> १८ औँ
#. अदुवा उत्पादन ---३ (तेस्रो)
#. शैक्षिक गन्तव्य ---> १० औँ

सन् २०१७ मा नेपालको स्थान
========================
#. तिव्र आर्थिक बृद्धि गर्ने देशहरूमा---> ३(तेस्रो)
#. विश्व शान्ति सुचकाङ्कमा ---> ९३ औँ
#. खुसि सुचकाङ्कमा ---> ९९ औँ
#. मानव विकास सुचकाङ्कमा ---> १४४ औँ
#. भ्रष्टाचार सुचकाङ्कमा ---> १३१ औँ
#. रेमिट्यान्समा निर्भर देशहरूको सुचिमा---> पहिलो
थप्नुपर्ने केही छुट्यो की ?? कमेन्ट गर्नुहोस ।

=======शेयर गरौ============
अलिकती तल स्क्रोल गरी हाम्रो फेशबुक पेज लाइक गरी सहयोग गरिदिनुहोला । धन्यवाद । 

Friday, December 8, 2017

लोकसेवा परिक्षामा बारम्बार सोधिएका १२६ महत्वपूर्ण सामान्यज्ञान प्रश्न र तिनका उत्तरहरु

लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण प्रश्नहरु तथा त्यसको उत्तर

  1. दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो ।
  2.  दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।
  3.  सगरमाथा मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
  4. संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो ।
  5. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
  6. २०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ ।
  7.  भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
  8.  भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन् ।
  9. रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
  10.  खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
  11.  काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।
  12.  नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।
  13.  डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  14. स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।
  15.  सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो ।
  16. . झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले यसलाई निलो बनाइदिन्छ । 
  17. विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ ।
  18. सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
  19. ... हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।
  20. ... भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन ।
  21. ... मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६ औं स्थानमा छ ।
  22. ... उँटको दुध जम्दैन वा फाट्दैन ।
  23. ... जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।
  24. ... सबैभन्दा अल्छी चरा ढुकुर हो ।
  25. ... एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
  26. ... पछिल्लोपटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
  27. ... सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो ।
  28. ... संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
  29. ... अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर 'क्यु' हो ।
  30. ... सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
  31. ... सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
  32. ... बिक्रम सम्बत् २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगि‍ता आयोजना भएको थियो ।
  33. ... ल्याप्टपका आविश्कारक बिल मग्रिज हुन ।
  34. ... सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।
  35. ... बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।
  36. ... स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।
  37. ... सबैभन्दा बढी फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।
  38. ... कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन् २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
  39. ... विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।
  40. ... चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
  41. ... विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
  42. ... सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।
  43. ... विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।
  44. ... विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
  45. ... विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
  46. ... नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।
  47. ... सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
  48. ... विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
  49. ... नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् ।
  50. ... नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।
  51. ... रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
  52. ... नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
  53. ... सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन् ।
  54. ... विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।
  55. ... प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।
  56. ... नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन् ।
  57. ... नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
  58. ... नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
  59. ... विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
  60. ... नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन । (७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको)
  61. ... विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
  62. ... धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२मा गराएका हुन् ।
  63. ... तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
  64. ... नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो ।
  65. ... काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।
  66. ... कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको मानिन्छ ।
  67. ... गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो ।
  68. ... नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।
  69. ... श्रीपशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
  70. ... नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन्।
  71. ... नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।
  72. ... सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यपविपश्वी र ऋकुच्छन्द पर्दछन् ।
  73. ... थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ ।
  74. ... स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो ।
  75. ... हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो ।
  76. ... सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।
  77. ... माछा संरक्षण केन्द्र पोखरामा छ ।
  78. ... गाईको ३२वटा दाँत हुन्छन् ।
  79. ... भालुको ४२वटा दाँत हुन्छन्।
  80. ... स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन् ।
  81. ... हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।
  82. ... अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।
  83. ... मानिसको औसत मस्तिष्कमा करिब ७८% पानी हुन्छ ।
  84. ... भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न सक्दैन ।
  85. ... हरेक दिन संसारको कुनै न कुनै देशमा विदा भएको हुन्छ ।
  86. ... डटपेनको आविष्कारक जोन जे. लाउड हुन् ।
  87. ... नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा वि.सं. २०६४ असार २३ देखि प्रारम्भ गरेको हो ।
  88. ... चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
  89. ... खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
  90. ... मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो ।
  91. ... जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ ।
  92. ... रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।
  93. ... डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।
  94. ... भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना हुँदैछ ।
  95. ... अस्ट्रेलियाको निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।
  96. ... विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ ।
  97. ... नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।
  98. ... जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक हो ।
  99. ... भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ति विनय हो ।
  100. ... नेपालको चितवनमा अन्तराष्ट्रिय हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।
  101. ... माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
  102. ... अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
  103. ... चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
  104. ... पृथ्वीको गति भन्दा परमाणु घडी ०.९ सेकेन्डले चलाख हुन्छ ।
  105. ... नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न थालियो छ ।
  106. ... फिलामेन्ट बत्तीको आयु १००० घण्टा हुन्छ ।
  107. ... हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास हिलियम हो ।
  108. ... भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।
  109. ... जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
  110. ... नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि. (धनुषा) हो ।
  111. ... इतिहासका पिता भनि हेरोडोटसलाई भनिन्छ ।
  112. ... क्यालकुलेटरका आविष्कारक पास्कल हुन् ।
  113. ... घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
  114. ... नेपालको अन्तरिम संविधान, २०६३ वि.सं. २०६३ माघ १ जारी भयो ।
  115. ... संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने पहिलो महिला विजया लक्ष्मी पण्डित (भारतीय) हुन् ।
  116. ... विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक भारत हो ।
  117. ... नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।
  118. ... ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका जे.के. रोलिङ हुन् ।
  119. ... प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र लेबनान हो ।
  120. ... नेपालको राष्ट्रियगानमा ४६ शब्द र १२८ अक्षर छन् ।
  121. ... संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक बेलायत हो ।
  122. ... विश्वको प्रथम लिखित संविधान अमेरिकाको हो ।
  123. ... महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको सबैभन्दा लामो पूल हो र यो झापा जिल्लामा पर्दछ ।
  124. ... कुखुराको अहिलेसम्मको सबैभन्दा लामो उडानको रेकर्ड १३ मीटर हो ।
  125. ... हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो ।
  126. ... बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ