- प्रथम विश्व युद्ध समाप्त भएको २० बर्ष पछि दोस्रो विश्व युद्ध सुरुभएको थियो ।
- प्रथम विश्वयुद्धको अन्त्यमा जर्मनीसँग गरिएको भर्साइल्सको सन्धि नै दोस्रो विश्व युद्धको कारण बन्यो ।
- दोस्रो विश्वयुद्धको प्रारम्भ सेप्टेम्बर १‚ १९३९ मा जर्मनीले पोल्याण्ड माथि आक्रमण गरी भएको थियो । त्यसपछि सेप्टेम्बर ३ मा व्रिटेनल् जर्मनी माथि आक्रमण गरेको थियो । तत्कालीन अवस्थामा इटालीको शासन मुसोलिनी र जर्मनको शासक हिटलर थिए ।
- जापानको हिरोसिमामा अगष्ट ६’ १९४५ मा (Little Boy नामक अणु बम खसालिएको) र नागासाकीमा अगष्ट ९‚१९४५ मा (Fat Man नामक अणु बम खसालिएको)अमेरीकाले आक्रमण गरेको थियो ।
- दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिकको मृत्यु भएको थियो । युद्धमा सर्वसाधरण नागरिक करिव १ करोडको निधन भएको थियो ।
- युद्धमा करिव ११९३ अर्व डलर खर्च भएको थियो ।
- जापानको हिरोसिमा र नागासाकीमा गरी करिब १ लाख ६० हजारको ज्यान गएको थियो ।
- दोस्रो विश्वयुद्धमा फ्रान्स‚पोल्याण्ड‚चेक‚युगोस्लाभिया‚रुमानिया‚ गुटलाई मित्र शक्ति (Allies Power) र यसमा पछि अमेरीका र रुस सामेल भएका थिए ।
- जर्मनी‚इटाली‚जापान‚रुस गरी धुरी शक्ति (Axis Power) गठन भयो । पछि रुस मित्र शक्ति (Allies Power) गुटमा सामेल भयो ।
- दोस्रो विश्वयुद्धमा नेपालका प्रधानमन्त्री जुद्धशमशेर थिए । उनले बेलायतको सहयोगको लागि ८ हजारको १२ वटा टिम गरी १ लाख जति नयाँ रंगरुट भर्ना गरी युद्धमा पठाएका थिए ।
- सन् १९३३ मा हिटलर जर्मनको चान्सर भएका थिए । उनी सन् १९३४ मा चान्सर र राष्ट्रपतति दुबै बने ।
- सन् १९३१ मा जापानले मन्चुरियामाथि आक्रमण गरेको थियो ।
- सन् १९४३ सेप्टेम्बर ड मा इटलीले आत्मसमर्पण गर्यो।
- अगस्त १४‚ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।
- यस युद्धको समाप्ति पश्चात एसियामा चीन‚ मंगोलिया‚ भियतनाम‚ उत्तरकोरीया साम्यवादी शासन व्यवस्था स्थापित भयो ।
- युद्धको समाप्ती पश्चात अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघको स्थापना अक्टोबर २४‚ १९४५ मा भयो ।
0 comments:
Post a Comment